२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको आकाशमा सलह किरा, नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान

२०७७, १६ असार मंगलवार १७:१३

असार १६, काठमाडौँ | शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । 

करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो । सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ ।

सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको देखिन्छ । काठमाडौँमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्न सकिने उहाँले बताउनुभयो ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ ।

प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय