2026-06-18 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुल्क तिरेर कोरोना परीक्षण हुँदै, विदेश जाने तथा आउनेले पनि तिर्नुपर्ने, कति लाग्छ खर्च ?

असार १७, काठमाडौँ | कुनैपनि लक्षणविहीन, भिसा लगाउन र निरोगिताको प्रमाणपत्र चाहिने व्यक्तिले स्वेच्छाले शुल्क तिरेर कोरोना परीक्षण गर्न सक्नेछन् । जसको लागि निस्चित शुल्क तोकिएको छ ।

शुल्क तिरेर कोरोना भाइरस परीक्षण गराउन सकिने भएपछि साढे तीन सय बढी व्यक्तिले पिसिआर विधिबाट परीक्षण समेत गराएका छन् । यसरी परिक्षण गराउन सकिने तीन अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेको लागि उपत्यकाका वीर, टिचिङ र पाटन अस्पतालमा परीक्षण गराउन सकिने जनाएको छ । यी तीन अस्पतालबाट शुल्क तिरेर परीक्षण गर्न सकिन्छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणविहीन, भिसा र निरोगिताको प्रमाणपत्र चाहिएको व्यक्तिले स्वेच्छाले यी तीन अस्पतालबाट शुल्क तिरेर परीक्षण गर्न सकिने जनाए।

मन्त्रालयले यसको लागि परीक्षण शुल्क ५ हजार ५ सय तोकेको छ । बुधबारसम्ममा टिचिङ अस्पतालमा झन्डै २ सय ५० व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन् । यसरी परीक्षण गराउनेमा अधिकांश विदेशबाट आएका व्यक्ति रहेका छन् । त्यस्तै वीर अस्पतालमा शुल्क तिरेर एक सयभन्दा बढीले कोरोना परीक्षण गराएका छन् ।


स्वास्थ्य मन्त्रालयको निर्देशिकामा लक्षणविहीन व्यक्तिहरूको पिसिआर परीक्षण गर्नु नपर्ने उल्लेख छ । जसको कारण स्वस्थ रहेकाहरुले कोरोना परीक्षण गराउन चाहेको खण्डमा भने शुल्क तिरेर आफ्नो स्वास्थ्य जाँच गराउन सक्छन् ।

बैदेशिक रोजगारमा जानेले पनि शुल्क तिरेर प्रमाणपत्र लिन सक्ने  

श्रम खुले पछि वैदेशिक रोजगारीमा जान चाहने तथा विदामा नेपालमा बसेकाहरुलाई समेत निरोगिताको प्रमाणपत्र चाहिने हुन सक्ने हुनाले उनीहरुले समेत शुल्क तिरेर परीक्षण गराउनुपर्नेछ । 

बैदेशिक रोजगारमा जाने तथा बैदेशिक रोजगारीबाट आएर विदामा बसेका वा लकडाउनमा परेका नेपाली कामदारहरुको स्वास्थ्य परक्षिणको प्रमाणपत्र तोकिएका अस्पतालले स-शुल्क दिने भएका छन् ।

नेपालमा मात्र नभएर यसअघि विश्वका धेरै देशले अन्य देशबाट आफ्नो देशमा आउने नागरिकले कोरोना भाइरस नभएको अस्पतालले प्रमाणित गरेको प्रमाणपत्र अनिवार्यरुपमा देखाउनु पर्ने नियम लागु गरेका छन् । नेपालबाट बिदेश जानेको हकमा पनि सम्बन्धित देश तथा कम्पनीले उक्त प्रमाणपत्र माग गर्न सक्छन् । 

त्यस्तै नेपाल आउनेले पनि विदेशमा कोरोना परीक्षण नगरी आएको अवस्थामा कोरोना परीक्षण गराउन शुल्क तिर्नुपर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु