१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक दुरीलाई ध्यान नदिदाको परीणाम: अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड

१८ असार २०७७, बिहीबार ०४:४१

असार १८, काठमाडौँ (एजेन्सी) | अमेरिकामा कोरोना भाइरस संक्रमणको दैनिक दरले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकामा बुधबार एकैदिन करिब ५० हजारको संख्यामा नयाँ संक्रमित फेला परेको रोयटर्समा समाचार छ, जुन कोरोनाको दैनिक वृद्धिमा नयाँ रेकर्ड हो ।

अमेरिकामा यति ठूलो संख्यामा संक्रमित भेटिनु महामारी सुरू भएयता एकैदिन भेटिएको सबैभन्दा ठूलो संख्या हो । अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा प्रतिदिन संक्रमित संख्या १ लाख पुग्नसक्ने चेतावनी दिएको भोलिपल्ट नै एकदिन यति ठूलो रेकर्ड देखिएपछि अमेरिका थप ससंकित बनेको छ । 

अमेरिकी सिनेटमा उनले अमेरिकी नागरिकले मास्क लगाउने तथा सामाजिक दुरीको नियमलाई पालना नगरे संक्रमण तीव्रगतिमा फैलिने चेतावनी दिदै यस्तै रहे संक्रमितको दर बढ्ने चेतावनी दिएका थिए । 

जुनको पहिलो साता अमेरिकामा २२ हजारको संख्यामा नयाँ संक्रमित भेटिएका थिए । त्यसयता दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड राख्दै आएको छ । 

अमेरिकामा संक्रमित भई अस्पताल भर्ना हुने दर पनि निरन्तर बढीरहेको छ । अघिल्लो साता अमेरिकामा राष्ट्रियस्तरमा संक्रमित फेला पर्ने दर ५ प्रतिशत रहेकोमा उक्त संख्या बढेर ७ प्रतिशत पुगेको छ । भेटिएका संक्रमितमध्ये केही मे महिनाको अन्त्यमा भएको मेमोरियल डेको बिदासँग सम्बन्धित रहेको पाइएको छ । बिदामा अमेरिकीहरू छुट्टी मनाउन समुन्द्री किनार तथा क्यापिङ ग्राउण्डमा आतिसबाजी हेर्न निस्कने गर्छन् । पछिल्लो बिदामा अमेरिकीहरुले विदा मनाउने क्रममा सामाजिक दुरी र माक्सको प्रयोग नगर्दा संक्रमितको संख्या बढेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का