९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजश्व चुहावट गरेको आरोपमा तीन वटा फार्मका सञ्चालक विरुद्ध मुद्दा

१८ असार २०७७, बिहीबार ०४:४६

असार १८, काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई रु ४० करोड ६१ लाख बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाबी लिई उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरिएको विभागले एक सूचना जारी गरी जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकरको विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–२५ बस्ने न्यूसागर प्लाष्टिक कन्सर्नका प्रोप्राराइटर सञ्जु किजु तथा मुख्य आरोपी सागर किजुले रु २६ करोड ८२ लाख छली गरेको आरोप छ । यस्तै सुप्रिम प्लाष्टिक कन्सर्नका सञ्चालक सागर किजुले राजश्व चुहावट गरेको अभियोगमा रु छ करोड ७७ लाखसमेत जम्मा रु ३२ करोड ६० लाख बिगो असुल एवं कैद मागदाबी लिई मुद्दा चलाइएको छ ।

न्यूसागर प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजश्व चुहावटको कसुर गरेको जनाइएको छ । 

यस्तै झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँस्थित बिकोइरस्काइर बङ्गलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठसमेतले राजश्व चुहावट गरेको अभियोगमा रु आठ करोड एक लाख बिगो असुल गरी मुद्दा चलाइएको छ । बिगोको दोब्बर जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता