असार २०, काठमाडौँ | विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २०, काठमाडौँ | विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम ("/>
2026-06-17 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विभिन्न ११ अन्तर्राष्ट्रिय उडान हुँदै

असार २०, काठमाडौँ | विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०:३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन् ।


अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय  विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु