2026-09-11 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार, पदमार्गको नक्साङ्कन

असार २०,मनाङ । गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्न पदमार्गको नक्साङ्कनमा जुटेको छ । गुरुयोजनामा छुटेकास्थलको पाँच जिल्लासँग जोड्दै पदमार्ग निर्माण लागेको हो । प्रदेशले गण्डकी प्रदेश पर्यटन गुरुयोजना निर्माण जिल्लास्तरीय दोस्रो चरणको गोष्ठी तनहुँमा गरेको छ ।

 मनाङलगायत लमजुङ, गोरखा, तनहुँ र नवलपुरको पर्यटकीय गन्तव्यको पहिचान र छुटेका स्थललाई पदमार्गमार्फत जोड्न गोष्ठी गरिएको गण्डकी प्रदेशका अधिकृत जगनिवेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा पदमार्ग निर्माण गर्न सहज हुने भएकाले पाँच जिल्लाका स्थानीय तहबाट सहभागिता रहेको थियो । मनाङका छुटेका पर्यटकीयस्थलको समावेश गरिएको नासाें गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “छुट्नै नहुने क्षेत्रको छुटेकाले यस कार्यक्रमले जोडेको छ”, उहाँले भन्नुभयो । 

पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा स्थानीय तहका प्रमुखहरुलाई विशेष जानकारी हुने भएकाले पनि नयाँ गन्तव्यको नक्साङ्कनमा उनीहरुलाई समावेश गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा पदमार्ग पहिचान र नक्साङ्कन गरिएको जनाइएको छ । प्रदेशको पर्यटन विकासको विद्यमान अवस्था, प्रमुख समस्या, अवसर तथा चुनौतीहरुको विश्लेषण, गण्डकी प्रदेशमा पर्यटन विकास र व्यवस्थापनका विभिन्न आयाममा सुधारका लागि २५ वर्षे रणनीति, कार्यनीति, कार्यक्रम र नतिजा खाकासहितको प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्ने उद्देश्य रहेको जनाएको छ । 

प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यहरुको प्रमाणीकरण तथा नक्साङ्कन, उपलब्ध पर्यटकीय पूर्वाधार तथा सेवा सुविधाको अध्ययन तथा विश्लेषण, गन्तव्यहरुबीचको अन्तरसम्बन्धको अध्ययन तथा विश्लेषण गर्नका लागि गोष्ठी गरिएको अधिकृत भण्डारीले बताउनुभयो । पर्यटन पूर्वाधार तथा सेवाहरु (पहुँच, बसोबास, पर्यटकीय सुविधा, आकर्षण तथा गतविधि)को अवस्थाहरुबारे अध्ययन तथा विश्लेषण गरिने जनाइएको छ ।  

त्यस्तै पर्यटन क्षेत्रमा कार्यरत तथा उपलब्ध जनशक्ति सर्वेक्षण, आवश्यक जनशक्ति पहिचान, जनशक्ति व्यवस्थापन तथा सीप विकाससम्बन्धी रणनीति तथा कार्यक्रम तयार गर्न सहज हुनेछ । पर्यटन (आन्तरिक तथा बाह्य) को अध्ययन तथा स्थिति विश्लेषण, पर्यटकीय वस्तु तथा उपजको प्याकेजिङ तथा स्थिति विश्लेषण गर्ने योजनासहित कार्यक्रम गरिएको हो । 

पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कन, पर्यटन प्रवद्र्धनमा तीन तहगत सरकार (सङ्घ, प्रदेश र स्थानीय निकाय) तथा निजी क्षेत्रको भूमिका तथा ब्राण्डिङ योजनासहित प्रदेश अगाडि बढेको भण्डारीले बताउनुभयो । टोलीनेता योगेशपूर्ण सिंहले पदमार्गहरुको विद्यमान अवस्था विश्लेषण तथा अन्य सम्भावित पदमार्गहरुको पहिचान तथा नक्साङ्कनको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा गोष्ठीमा पाँच जिल्लाको पर्यटन गुरुयोजना निर्माणका सम्बन्धमा छलफल र योजना निर्माण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट