२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म निर्माता संजय लीला भंसाली पुलिस स्टेशनमा

२०७७, २२ असार सोमबार ०८:५०

असार २२, काठमाडौँ | भारतीय अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा मुम्बई पुलिसले फिल्म निर्माता संजय लीला भंसालीसँग सोधपुछ गरिरहेको छ । गत हप्ता मुम्बई प्रहरीले भंसाली र शेखर कपुरसँग सोधपुछका लागि सूचना जारी गरेको थियो । 

पुलिसले सोधपुछको लागि सोमबार भंसालीलाई बोलाइएको भारतीय संचार माध्यमले जनाएका छन् । भंसाली ती आठ व्यक्तिमध्ये एक हुन् जसविरुद्ध विहारमा सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता भएको छ ।


पुलिसले बोलाएपह्चि सोमबार संजय भंसाली करिब साढे १२ बजे पुलिस स्टेशन पुगेका छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार भन्सालीले सोमबार बिहान जुहुस्थित आफ्नो कार्यालय पुगेर करिब एक घण्टा आफ्नो लिगल टीमसँग कुराकानी गरेको जनाएको छ ।

समाचारका अनुसार भंसालीले ‘गोलियों की रासलीलाः रामलीला’ मा सुशान्तलाई अफर गरेका थिए । तर पछि उनले यो भूमिका रणवीरलाई दिएक थिए । उनले ‘बाजीराव मस्तानी’ का बेला पनि यस्तै गरेको आरोप लगाइएको छ । ‘बाजीराव मस्तानी’मा पनि भन्सालीले सुरुमा सुशान्तलाई अप्रोच गरेर पछि उनलाई हटाई रणवीर सिंहलाई कास्ट गरेका थिए । मुम्बई पुलिसले भंसालीसँग यी दुबै फिल्मबारे सोधपुछ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय