९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षौंदेखि भारतसँगको भरपर्दा…

२५ असार २०७७, बिहीबार ०७:०२

असार २५, दार्चुला | नेपाल–भारत जोड्ने सिमा नाका बन्द भएको चार महिना वितिसकेको छ । सुदूरपश्चिममा भारतसंग जोडिएका झोलुंगे पुलहरु पनि पुर्ण रुपमा बन्द गरिएका छन् ।

सुदूरपश्चिमका अधिकांश जनताहरु भारतमा मजदुरी गर्दै आएका तथा नेपालमा व्यवसाय गर्दै आएका व्यवसायीहरु पनि मालसामान ल्याउन भारतकै भर पर्ने भएका कारण अहिले भने सुदूरपश्चिमका व्यापारीहरुको पसलमा सामान अभाव हुदै आईरहेको छ ।

मजदुरहरु आफ्नो दैनिकी चलाउन समस्या भएको जनाउदै आएका छन् । भारतमा मजदुरी गरेर परिवार पाल्नेहरुको अहिले विचल्ली भएको छ । सुदूरपश्चिमका जनताहरुको बर्षौंदेखीको बाध्यता भारतको भर पर्नु हो । नुनदेखि सुन सम्म ल्याउन भारतको भर पर्दै आएका सुदूरपश्चिमेली जन्ताहरुले दुबै देशका सिमाना बन्द हुँदा के गर्ने कसो गर्ने, कसरी परिवार लाल्न पाल्न गर्ने भन्ने चिन्ताको विषय बनेको छ । नेपालको भन्दा भारतिय सिमाको बजारमा हरेक सामना सस्तो सुलभ मै उपभोग गर्न पाइने हुँदा सुदूरपश्चिमका ब्यावसायी र मजदुरले भारतीय बजारको भरमा आफ्नो दैनिकी चलाइरहेका कारण अहिले समस्या परेको हो ।

दार्चुला सदमुकामको स्थानीय बजार अहिले सुनसान रहेको छ । खाद्य बस्तु लगायत सबै सामान भारतीय बजारबाट आयात गरेर व्यावसाय गर्ने गरेकोले लकडाउनका कारण सिमा बन्द भए पछि परिवार पाल्न समेत गाह्रो भैरहेको दार्चुलाका स्थानीय ब्यापारीले बताए । अहिले बन्दाबन्दीको कारण नेपाली समान उपभोग गर्ने परेको र नेपाली समानमा महंगाई हुने हुदा उपभोक्ताहरुले पनि उपभोग नगरीदिए खाद्य सामान कुहिने होकि भन्ने चिन्ताले झनै बढेर आउछ स्थानिय व्यापारीले गुनासो गरेका छन् ।


लकडाउनको मौका पारेर कातिपय व्यापारीहरुले कालोबजारी गर्दै आईरहेका छन्। यसमा स्थानीय सरकार र नेपाल सरकारले ध्यान दिएको छैन । सुदूरपश्चिमका दार्चुला, बैतडि, बाझाङ, बाजुरका अधिकांस स्थानिय मजदुरहरुको एक छाक टार्न सम्म गरो पर्नेहरुको त कालो बाजारीले गर्दा झनै विचल्ली छ । कालोबजारी रोक्नका लागी समय समयमा अनुगमनको आवश्यकता रहेको छ ।

कैलालीको गौरिफण्टा, कंचनपुरको बनबासा र दार्चुलाको खलंगा सम्मका सम्पुर्ण भारतीय सिमा नाकाहरु बन्द रहेका बेल सुदूरपश्चिम सरकारले स्थानिय मजदुरहरुका लागि राहतको व्यवस्था गर्न सकेको छैन । कतिपय ठाउँमा राहत वितरण गरिएता पनि कतिपय मजदुरहरुले राहत सम्म नपाउदा दुःखी र पीडाका रमिता बनिरहेका छन ।

सिहदरवारमा बस्ने शाशकहरुलाई मजदुरी गरेर परिवार पाल्ने मजदुरको पिडाको महसुस नै भएको छैन मजदुरी गरेर खान पनि नपाईएको स्थानीय मजदुरको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता