Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षौंदेखि भारतसँगको भरपर्दा…

२०७७, २५ असार बिहीबार ०७:०२

असार २५, दार्चुला | नेपाल–भारत जोड्ने सिमा नाका बन्द भएको चार महिना वितिसकेको छ । सुदूरपश्चिममा भारतसंग जोडिएका झोलुंगे पुलहरु पनि पुर्ण रुपमा बन्द गरिएका छन् ।

सुदूरपश्चिमका अधिकांश जनताहरु भारतमा मजदुरी गर्दै आएका तथा नेपालमा व्यवसाय गर्दै आएका व्यवसायीहरु पनि मालसामान ल्याउन भारतकै भर पर्ने भएका कारण अहिले भने सुदूरपश्चिमका व्यापारीहरुको पसलमा सामान अभाव हुदै आईरहेको छ ।

मजदुरहरु आफ्नो दैनिकी चलाउन समस्या भएको जनाउदै आएका छन् । भारतमा मजदुरी गरेर परिवार पाल्नेहरुको अहिले विचल्ली भएको छ । सुदूरपश्चिमका जनताहरुको बर्षौंदेखीको बाध्यता भारतको भर पर्नु हो । नुनदेखि सुन सम्म ल्याउन भारतको भर पर्दै आएका सुदूरपश्चिमेली जन्ताहरुले दुबै देशका सिमाना बन्द हुँदा के गर्ने कसो गर्ने, कसरी परिवार लाल्न पाल्न गर्ने भन्ने चिन्ताको विषय बनेको छ । नेपालको भन्दा भारतिय सिमाको बजारमा हरेक सामना सस्तो सुलभ मै उपभोग गर्न पाइने हुँदा सुदूरपश्चिमका ब्यावसायी र मजदुरले भारतीय बजारको भरमा आफ्नो दैनिकी चलाइरहेका कारण अहिले समस्या परेको हो ।

दार्चुला सदमुकामको स्थानीय बजार अहिले सुनसान रहेको छ । खाद्य बस्तु लगायत सबै सामान भारतीय बजारबाट आयात गरेर व्यावसाय गर्ने गरेकोले लकडाउनका कारण सिमा बन्द भए पछि परिवार पाल्न समेत गाह्रो भैरहेको दार्चुलाका स्थानीय ब्यापारीले बताए । अहिले बन्दाबन्दीको कारण नेपाली समान उपभोग गर्ने परेको र नेपाली समानमा महंगाई हुने हुदा उपभोक्ताहरुले पनि उपभोग नगरीदिए खाद्य सामान कुहिने होकि भन्ने चिन्ताले झनै बढेर आउछ स्थानिय व्यापारीले गुनासो गरेका छन् ।


लकडाउनको मौका पारेर कातिपय व्यापारीहरुले कालोबजारी गर्दै आईरहेका छन्। यसमा स्थानीय सरकार र नेपाल सरकारले ध्यान दिएको छैन । सुदूरपश्चिमका दार्चुला, बैतडि, बाझाङ, बाजुरका अधिकांस स्थानिय मजदुरहरुको एक छाक टार्न सम्म गरो पर्नेहरुको त कालो बाजारीले गर्दा झनै विचल्ली छ । कालोबजारी रोक्नका लागी समय समयमा अनुगमनको आवश्यकता रहेको छ ।

कैलालीको गौरिफण्टा, कंचनपुरको बनबासा र दार्चुलाको खलंगा सम्मका सम्पुर्ण भारतीय सिमा नाकाहरु बन्द रहेका बेल सुदूरपश्चिम सरकारले स्थानिय मजदुरहरुका लागि राहतको व्यवस्था गर्न सकेको छैन । कतिपय ठाउँमा राहत वितरण गरिएता पनि कतिपय मजदुरहरुले राहत सम्म नपाउदा दुःखी र पीडाका रमिता बनिरहेका छन ।

सिहदरवारमा बस्ने शाशकहरुलाई मजदुरी गरेर परिवार पाल्ने मजदुरको पिडाको महसुस नै भएको छैन मजदुरी गरेर खान पनि नपाईएको स्थानीय मजदुरको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ