१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ देखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्न प्रस्ताव

२ श्रावण २०७७, शुक्रबार १७:२६

साउन २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान खूला गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको जनाएको छ । 

विश्वव्यापी महामारीको कारण बन्द भएको आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुलाउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छलफल गरि आन्तरिक उडान साउन तेश्रो सातादेखि खुलाउने र त्यसको एकसातापछि अर्थात भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खूला गर्ने प्रस्ताव निर्णयको लागि पठाइएको मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले बताएका छन् ।

पौडेलले कोरोना महामारीलाई मध्येनजर गरि आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानको लागि सुरक्षा सतर्कताको समेत तयारी थालिएको जानकारी दिए । उनले हवाईजहाज सेनिटाइज गर्नेदेखि सामाजिक दुरी र यात्रुको स्वास्थ्य सुरक्षालाई समेत ध्यान दिएर प्रोटोकल तयार पारि उडान सुरु गरिने तयारी गरिएको छ । 

यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडान खोल्ने तयारी थालिएको र त्यसपछि अगस्त दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान पनि खोल्ने तयारी भएको जानकारी दिएका थिए । हाल कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको अवस्था छ । त्यसैको आधारमा उडान सुचारु गरिने तयारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी