२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरे नहुने के रहेछ र ?

२०७७, ११ श्रावण आईतवार ०२:२२

शुरबहादुर सिंह | साउन ११, कर्णाली (रासस) | चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान  भित्र्याउन उहाँ आतुर पनि हुनुहुन्छ । अविरल वर्षाले उहाँलाई धान भित्र्याउन अवरोध गरिरहेको छ ।

उहाँले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोप्नुभएको थियो । करिव १२० दिनमा  विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ–३ जातको चैतेधान उहाँले महोत्तरीको जलेश्वरबाट ल्याउनुभएको थियो । करिव २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गर्नुभएका उहाँले दूधवंशी कृषि फार्मका खोलेर रु ५० लाखको माछापोखरीसमेत उक्त स्थानमा निर्माण गर्नुभएको छ ।

प्रतिघण्टा ३० हजार लिटर पानी दिनसक्ने डिपबोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको छ । यसअघि प्रतिकेजी रु ३०० का दरले ४५ क्विन्टल माछा बिक्री वितरण गरिसकेका उहाँले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको जानकारी दिनुभयो ।

बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगारी दिनुभएका उहाँले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषिकर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताउनुभयो । “जब मैले ग्रामीण विकास शिक्षा हासिल गरे, त्यसपछि मात्र बुझेँ, मानवजीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ”, उहाँले भन्नुभयो, “विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन् । त्यसर्थ राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ ।”

कृषक  ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलोपटक आफैल हर्दिनाथ–३ जातको चैतेधान खेती गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “गरे नहुने के रहेछ र ? प्राविधिक सल्लाहबिना नै आफैँले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरेँ । बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ । आखिर राम्रै भयो । करिव ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेको छु ।”

अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको उहाँको भनाइ छ ।  उद्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्षसमेत रहनुभएका उहाँले विसं २०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याए पनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चैतेधान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानलाई यो खेती गर्न उत्साहित बनाएको छ । प्रदेश तथा यहाँका स्थानीय सरकारलाई चैतेधान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

 सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा उहाँको जोड थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषक ढकालले गरेको चैतेधान खेतीको अवलोकन गर्नुभएको छ । एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाइ थियो । 

उहाँले यस व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैतेधानको बीउ वितरण गर्ने बताउनुभयो । “यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिने गरी सरकारले अब कार्यक्रम बनाउँछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु