२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

२०७७, २१ श्रावण बुधबार १०:२८

 साउन २१, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन् । मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको  ग१त ६२७९ नम्बरको खाली ट्र्याक्टर मङ्गलवार राति १०ः३० बजे अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो । 

अन्दाजी १२ मिटर तल खसेको ट्र्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले ट्र्याक्टरका चालक मोदी गाउँपालिका–२ का सन्तोष विकलाई नियन्त्रणमा लिई थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने