१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भदौ १ गतेबाट हवाई उडान नहुने

२६ श्रावण २०७७, सोमबार ०३:०९

साउन २६, काठमाडौँ | भदौ १ गतेदेखि हुने भनिएको व्यवसायिक हवाई उडान नहुने भएको छ । कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।


योसँगै सिसिएमसीले यसअघि भदौ १ गतेदेखि खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न भनेको छ । आईतबार बसेको सिसिएमसीको निर्णयले मुलुकमा कोभिड–१९ को संक्रमण र जोखिम झन् बढेको भन्दै यसअघि भएको निर्णयमा पुनर्बिचार गर्दै आन्तरिक तथा बाह्य व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो ।

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको बताए । सीसीएमसीले गरेको प्रस्ताव सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ । 

यसअघि गत साउन ५ गते बसेको मन्त्रिपरिषदको बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो । 

सरकारले भदौ १ देखि नियमित उडान गर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमती मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने