साउन ११, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, "/>
४ बैशाख २०८२, बिहीबार
चितवन - CTW

फूलमाया कार्की फाउण्डेशनद्धारा बालिकाको उपचारमा आर्थिक सहयोग

११ श्रावण २०७३, मंगलवार १५:१४

साउन ११, चितवन । मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । 

लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले दाङ घर भई चितवनको कविलास दासढुगामा बस्दै आएकी ६ बर्षिया बालिका शोभा श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको हो । मष्तिस्कघातबाट पिडित रहेकी बालिकाको घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको र उपचारमा समस्या भएको जानकारी पाएपछि गायक विरही कार्की र भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले बालिकाका बाबु राजु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  श्रेष्ठका २ छोरीहरु मध्ये जेठी छोरी शोभा जन्मिए देखि नै मष्तिस्कघात तथा सुस्त मनस्थीति सम्वन्धि समस्याबाट पिडित बन्दै आएकी छिन् । आमा समेत नभएका २ छोरीलाई बाबु राजुले एक्लै हेरचाह र स्याहार सुसार गर्दै आएका छन् । “उपचारमा थोरै भएपनि राहात होस्, उपचारमा टेवा दिन सकियोस् र सहयोगको भावना जागृत होस् भनेर बालिकाको उपचारका लागि सहयोग गरेको हुँ” गायक तथा फूलमाया कार्की फाउण्डेशनका अध्यक्ष बिरही कार्कीले भने, “आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन्छु।” कार्कीले बालिकाको थप उपचारका लागि समेत चिकित्सकहरूसँग आवश्यक परामर्श गरि सहयोग गर्ने सो अवसरमा वचन दिए । शोभाको दुवै हात खुट्टा चल्न सक्दैनन् भने उनले दिसा पिसाव आएको समेत थाहा पाउदिनन् । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुवेदीले सहयोग गर्न सक्ने मानिसहरूले विपन्न, असहाय र अशक्त नागरिकहरूको उपचारमा सानो सानो भएपनि सहयोग गर्न सके, त्यसले ठुलो राहात मिल्ने वताए । बालिकाका बाबु राजु श्रेष्ठले आर्थिक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचार गराउन नसकेको, आमा पनि नभएकोले हेरचाह गर्न समेत समस्या भएको वताए । 

फूलमाया कार्की फाउण्डेशनका तर्फबाट मकवानपुरको डाडाँखर्ककी एक चेपाङ बालिका मुना चेपाङलाई रू ५० हजार बराबरको अक्षय कोष बनाएर पढाउदै आएको गायक कार्कीले जानकारी दिए । गायक तथा संकलक कार्कीले आफ्नी दिवंगत आमाको स्मृतीमा गत असार ८ गते फूलमाया कार्की फाउण्डेशन स्थापना गरि सामाजिक सेवा गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ