९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञामा पनि रेमिटेन्स भुक्तानी गर्न राष्ट्र बैंकको निर्देशन

५ भाद्र २०७७, शुक्रबार ०८:१४

भदौ ५, काठमाडौं। राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि काउन्टर खोल्न निर्देशन दिएको छ। शुक्रबार राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले एक निर्देशन जारी गर्दै रेमिटेन्स काउन्टर खोल्न निर्देशन दिएको हो। कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका लगायत मुलुकका सबैजसो स्थानमा गरिएको निषेधाज्ञाले रेमिटेन्स भुक्तानी पनि प्रभावित भएको छ।

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्न सक्ने देखिएको भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न भनेको छ। काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्न पनि भनिएको छ। 

राष्ट्र बैंकले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्युनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन भनेको छ। 

बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा  सटही गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। यसैगरी आफू अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अनुपालना गरी भिडभाड नगर्न निर्देशन दिन भनिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो