भदौ ११, काठमाडौं। हिरो मोटोकर्पले थप सुरक्षासहितको परिस्कृत सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ । नयाँ सुपर स्प्लेन्डर थप सुरक्षित र एकीकृत ब्रेक प्रणाली(आईबीएस)सहित रहेको कम्पनीले जनाएको छ।
आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लगाउन सक्षम बनाउँछ। सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र)इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको कम्पनीले जनाएको छ। हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने-‘नेपालमा हाम्रा ग्राहकका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ। सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो। यो भावना र ब्रान्ड प्रतिको विश्वास अझै बढ्नेछ।'
यस्ता छन् विशेषता
यो वाइकमा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर र १२४.७ सीसी इन्जिन छ। यो वाइकले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार वाइक ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति दिन्छ।
वाइकमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, १३ लिटरको इन्धन ट्यांकी र ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स समेत छ। यो वाइक पाँच विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो वाइक देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा पाइने कम्पनीले जनाएको छ। कम्पनीले यो वाइकको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकेको छ। यो वाइकमा सेल्फ ड्रम एलोय ह्वील छ।