भदौ १२, काठमाडौं । सुन मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको छ । बिहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी एक तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।