साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित "/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान परे जेल !

१२ श्रावण २०७३, बुधबार ०४:२६

साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित पक्षले आफ्नै पतिविरुद्ध प्रहरीमा उजुरी दिएपछि मियाँ मंगलबार पक्राउ परेका हुन् ।

आरोपित मियाँलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ जबर्जस्ती करणी मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रहरीका अनुसार यस्तो अभियोगमा पक्राउ पर्ने मियाँ सम्भवत : जिल्लाकै पहिलो व्यक्ति हुन् । प्राप्त घटना विवरणअनुसार गत २५ असार राति माइतमा रहेकी १८ वर्षीया पत्नीलाई रक्सीले मातेर आएका मियाँले उनको असहमतिविपरीत टेलिभिजनमा सिडिमार्फत अश्लील फिल्म देखाइ मानसिक र शारिरीक यातना दिदै जबर्जस्ती करणी गरेको बताइएको छ ।

पीडित महिलाले रोइकराइ गर्दा पनि पतिले जबर्जस्ती गर्न नछोडेको र सो घटनाबारे अभिभावकलाई जानकारी गराएपछि मियाँ भागेका थिए । पटकपटक मियाँले सो प्रकृतिको हर्कत दोहोर्याउन थालेपछि पीडित पक्षले प्रहरीमा जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो