साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित "/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान परे जेल !

२०७३, १२ श्रावण बुधबार ०४:२६

साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित पक्षले आफ्नै पतिविरुद्ध प्रहरीमा उजुरी दिएपछि मियाँ मंगलबार पक्राउ परेका हुन् ।

आरोपित मियाँलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ जबर्जस्ती करणी मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रहरीका अनुसार यस्तो अभियोगमा पक्राउ पर्ने मियाँ सम्भवत : जिल्लाकै पहिलो व्यक्ति हुन् । प्राप्त घटना विवरणअनुसार गत २५ असार राति माइतमा रहेकी १८ वर्षीया पत्नीलाई रक्सीले मातेर आएका मियाँले उनको असहमतिविपरीत टेलिभिजनमा सिडिमार्फत अश्लील फिल्म देखाइ मानसिक र शारिरीक यातना दिदै जबर्जस्ती करणी गरेको बताइएको छ ।

पीडित महिलाले रोइकराइ गर्दा पनि पतिले जबर्जस्ती गर्न नछोडेको र सो घटनाबारे अभिभावकलाई जानकारी गराएपछि मियाँ भागेका थिए । पटकपटक मियाँले सो प्रकृतिको हर्कत दोहोर्याउन थालेपछि पीडित पक्षले प्रहरीमा जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा