२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज राति नेपाल एयरलाइन्सले पहिलो नियमित उडान भर्दै, यस्तो छ भोलीको उडान तालिका

२०७७, १६ भाद्र मंगलवार १३:५१

भदौ १६, काठमाडौँ | नियमित अन्तराष्ट्रिय उडान बन्द भएको पाँच महिना पछि आज राति १ बजे नेपाल एयरलाइन्सको विमानले पहिलो नियमित उडान भर्ने भएको छ । लामो समय पछिको पहिलो नियमित उडान जापानको नारितामा हुँदैछ । 

निगमको वाइड बडी जहाजले आज राति १:०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । 

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनुरुप नियमित उडान सुरु हुन लागेको हो । 


यसै बीच आज चार्टर्ड उडानबाट कतारबाट दुई उडान र कुवेतबाट एक उडान भएको छ । कतारबाट भएको दुई उडान अन्तर्गत हिमालय एयरलाइन्सबाट १२६ यात्रु स्वदेश आएका छन् भने नेपाल एयरलाइन्सबाट १३८ नेपाल आएका छन् । कुवेतबाट आएकाको विवरण भने अपडेट आएको छैन । 

त्यस्तै आज ७ आन्तरिक उडान भएका छन् । बिमानस्थलले दिएको जानकारी अनुसार आज समित एयर, श्रीएयर, तारा एयर, प्रभु एयर, मनाङ एयर, सिम्रिक एयर र एयर डेस्टेनीका उडान भएका छन् । 

भोली हुने उडान तालिका

राति नेपाल एयरलाइन्सको नारिता उडान हुँदैछ । त्यस्तै भोली हिमालय एयरलाइन्सको उडान चीन जाँदैछ । त्यस्तै भोली दिउसो ३ बजे कतार एयरलाइन्सको उडान नेपाल आउंदैछ । त्यस्तै भोलीनै माल्दिभ्सबाट हिमालय एयरलाइन्सले नेपालीलाई स्वदेश ल्याउनेछ । त्यस्तै भोलीनै चीनबाट हिमालय एयरलाइन्सको उडान काठमाडौँमा अवतरण गर्नेछ ।

तल तालिका हेर्न सक्नुहुनेछ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा