भदौ १७, काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार उतारचढाव भइरहेको छ। आज सुन प्रतिऔंस १९६४.०९ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २८. ०६ डलर भएको छ। हिजो सुन प्रतिऔंस १९८९. ८८ डलर र चाँदी २८ .७३ डलरमा कारोबार भएको थियो।