भदौ १७, काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १४०रुपैयाँ ९५ पैसा र पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १५७ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार एकको खरिददर ३०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१० रुपैयाँ ०५ पैसा रहेको छ । कुवेत दिनार एकको खरिददर ३८१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९९ पैसा रहेको छ ।