१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नियमित उडानको भाडादरबारे मन्त्री भट्टराईको अध्यक्षमा यस्तो निर्णय

१७ भाद्र २०७७, बुधबार १२:३४

भदौ १७, काठमाडौँ | नियमित उडानको भाडादरबारे सरकारले वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन र विदेशी एयरलाइन्सलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।  

एस्तो छ वैठकको निर्णय

१. अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको उडान भएका क्भअतयच हरुमा तत् तत् वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन अन्य विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिने ।

२. बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने ।

३. चार्टर उडानको भाडादरको हकमा साविकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान संचालन गर्न अनुमति दिने ।

४. हवाई भाडादर असुल उपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन   दिने ।

५. यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गर्ने ।

६. २५ अगष्ट २०२० मा भएको एयर अरेवियाको उडानबाट आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अव उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गराउने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा