९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एअरलाइन्सद्वारा उडान गन्तव्य र भाडादर सार्वजनिक

१९ भाद्र २०७७, शुक्रबार ०६:१०

भदौ १९, काठमाडौं । हिमालय एअरलाइन्स्द्धारा नियमित उडानको भाडादर सार्वजनिक

कोभिड –१९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्स्ले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजो देखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान संचालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले पीसीआर परीक्षण हुने मूलुकबाट उडान सुरु गर्नेगरी भाडादर सार्वजनिक गरेको हो ।

हिमालयन्सले सहजै पि.सी.आर. उपलब्ध गन्तव्यहरु ( छोड्ंछिडं, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ । पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डहरुमा सरकारको निर्णय अनुरुप नै चार्टर उडान मार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

उद्घार चार्टर उडान र भाडादर

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो । तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त जानकारी गराउन हिमालयन्सले अनुरोध गरेको छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ जनाइएको छ । एअरलाइन्सले हालसम्म साउदी, पाकिस्तान, कुवेत, बहराइन, माल्दिभ्स, कतार र सिङ्गापुरबाट उद्धार उडान गर्दै आएको छ ।


नियमित उडान र भाडादर 

नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम(जी. डी. एस.) बाट बुक गर्न सकिनेछ ।  ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् । नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।

नियमित उडानको भाडादर तल दिइउको तालिकामा उपलब्ध छन् । यी दिइएका भाडादर सम्पूर्ण कर सहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन् । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो