२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ पहिरो : फेला परेका सबैको सनाखत

१९ भाद्र २०७७, शुक्रबार १४:५८

भदौ १९, बलेवा (रासस) : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । 

पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, ३२ वर्षीया सीता बुढा, वडा नं. ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुुभयो । 

त्यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताउनुभयो ।

घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ ।  नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । 

बाढी पहिराले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घर क्षतिग्रस्त देखिएका उहाँले बताउनुभयो । वडा नं. ८ र ९ मा करिव ४० घर बगेका देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन शुरु गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

पहिरामा ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ लघुजलविद्युत्, स्वास्थ्य एकाइ एक, झोलुङ्गे पुल ११, ढलान पुल पाँच, काठे पुल १० र दुई बिद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ती जारी गरेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य