Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फस्र्ट माइक्रोफाइनान्सद्वारा पाँच अर्ब ५९ करोड लघुकर्जा प्रवाह

२०७७, २० भाद्र शनिबार ०९:२६

भदौ २०, काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फस्र्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताउनुभयो । संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ । 

फस्र्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वोनश शेयर नौ दशमलव ५० प्रतिशत र नगद लाभांश  चार दशमलव १८ गरी लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव गरेको छ । “ काममा प्रभावकारिता र प्रतिस्पर्धी क्षमता बढाएर अझै लघुवित्तको क्षेत्रमा परिणाममुखी काम गर्न क्रियाशील छौँ”, कामु प्रमुख कार्यकारी अधिकृत पन्तले भन्नुभयो । यसको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार ७४६ छ भने प्रवद्र्धक शेयरधनीमा ग्लोबल आइएमई., प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सलगायत छन् । संस्थाले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी न्यून आय भएकाको जीवनस्तर उकास्न सहयोग पुर्याउने गरी काम गर्दै आएको छ । घ वर्गका लघुवित्त वित्तीय संस्था, वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारीलाई यसले थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को राहत योजना अन्तरगत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना ऋणीलाई व्याज छुट दिन गरेको निर्देशन बमोजिम फस्र्ट माइक्रोफाइनान्सले ऋणीको खातामा छुट रकम उपलब्ध गराएको जनाइएको छ । यस्तै साझेदार संस्थालाई धितोमा आधारित लघु उद्यम कर्जा लगानी, भाखा नाघेको कर्जा व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनको अनुपालना, सहकारी संस्थामा कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयमा तालीम तथा अन्तक्र्रिया सञ्चालन गरेको छ । यसले साझेदार संस्थाका कर्मचारीको सम्बन्धित विषयमा विश्लेषण गर्ने क्षमता बढेर विपन्न परिवारलाई गुणस्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्न सहयोग पुगेको कामु प्रमुख कार्यकारी अधिकृत पन्तले बताउनुभयो । 

फाइनान्सले सामाजिक उत्तरदायित्वअन्र्तगत एसइईमा उत्कृष्ट अङ्क ल्याउने साझेदार संस्थाका १० विद्यार्थीलाई जनही १० हजार, उत्कृष्ट २० लघु उद्यमीलाई १० हजार, स्वस्थ्य शिविरमा एक लाख ४९ हजार र तिलगङ्गा आँखा अस्पतालका बिरामीलाई.३५ थान ब्ल्याङकेट प्रदान गरेको छ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको कार्यक्रम व्यवस्थापनमा फर्निचर, प्रदेश नं ५ र ६ का विपन्न परिवारलाई कोरोना भाइरसको जोखिमबाट बचाउन रु एक लाख आठ हजारको स्वास्थ्य सामग्री तथा प्रदेश नं १ मा पिसिआर परीक्षण मेशिन किन्न एक लाख सहयोग गरेको छ । त्यस्तै गत आवसम्म संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु १९ लाख ६२ हजार सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण कोषलाई प्रदान गरिएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै