2026-07-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

 भदौ २०, गलकोट (रासस) । यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गर्नुभएको छ । राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताउनुभयो ।

बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “पीडितले चाहेअनुसारको घर निर्माणमा सङ्घ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नगरपालिकाले जग्गा व्यवस्थापन गरे एकीकृत बस्ती निर्माण गर्दा सदाका लागि सुरक्षित हुन सकिन्छ ।”

 गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । उहाँले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभएको छ ।

“प्रदेश सरकार तपाईंको दुःखमा साथ दिन यहाँ आएको हो, सक्दो सहयोग गर्छौं, बस्ती पुनःनिर्माण गर्ने गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था हुन्छ”, गुरुङले भन्नुभयो । गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएको थियो ।

अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक