१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि कोरोना बीमाको दावी भुक्तानीको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने

२९ भाद्र २०७७, सोमबार ०५:५४

भदौ २९, काठमाडौं । कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ। यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । चौतर्फी दबाबपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी  भुक्तानी पाउने व्यवस्था गरेको हो । 

संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ।

भुक्तानीको लागि के के चाहिन्छ ? 

आजदेखि जारी हुने सबै कोरोना बीमाको दावी भुक्तानी अस्पतालमा उपचार गरेमा अधिकतम ७५ प्रतिशतसम्म स्वास्थ्य उपचार खर्च र घरैमा आईसोलेशनमा बसेमा २५ प्रतिशत पौष्टिक आहार खर्च दिने गरी संशोधन गरिएको छ ।

बीमा समितिले २०७७ साल बैशाख ५ गते जारी गरेको कोरोना बीमा पोलिसी संशोधन गर्दै पिसिआर पोजेटि पुष्टि भएको अवस्थामा यसअघि १०० प्रतिशत दिने दावी भुक्तानी सम्बन्धी व्यवस्था सच्याएको हो । कोरोना संक्रमितले अबदेखि कोरोना बीमाको दावी भुक्तानी लिन अस्पतालमा उपचार गराएकाहरुले डिस्चार्ज स्लीप र घरैमा आईसोलेशनमा बसेकाहरुले स्थानीय निकायबाट प्रमाणित गराएको कागजात पेश गर्नुपर्नेछ । 


बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पूरा गरेपछि ७ दिन भित्रै दावी भुक्तानी गर्ने समितिले जनाएको छ। 

साथै नयाँ व्यवस्थामा कोरोना बीमाको दावी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्ने छ । अस्पताल भर्ना भएकाले डिस्चार्ज पेपर तथा घरैमा आईसोलेशनमा बसेकाले स्थानीय निकायबाट प्रमाणित गराई सो कागज पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।

त्यसैगरी, कोरोना बीमा पोलिसीमा पनि संशोधन गरिएको छ । बीमा पोलिसी अब व्यक्तिगत रुपमा खरिद गर्न पाइने छैन । पारिवारिक मात्रै खरिद गर्न पाइने व्यवस्था गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन्