२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि एलपी ग्यासको खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ मात्रै

२०७७, २ आश्विन शुक्रबार ०८:१६

असोज २, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैन।निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको संघले जनाएको छ । सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर एक सय गरेर २१ सय धरौटी तोकिएको संघले जनाएको  छ । 

उद्योगले कुनै विकल्प नदिई उद्योग बन्द गरेमा वा उपभोक्ता बसाइँ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने छ । तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा