९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई रेल हस्तान्तरण

२ आश्विन २०७७, शुक्रबार १६:१५

असोज २, काठमाडौँ | बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल आज दिउँसा जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो । कोकन रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले कोरोना महामारीको जोखिम कम भए जनकपुर–जयनगर–कुर्था रेल सेवा दशैंसम्ममा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँले जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकाले चाँडै रेल सञ्चालन हुने बताउनुभयो । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका निम्ति सम्पूर्ण संरचना तयारी भएको छ ।


रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ । डिजेल तथा विद्युतबाट चल्न मिल्ने सो रेल नेपालको झण्डासहित चाँडै सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

मन्त्री परिषद्को विसं २०७५ चैत ४ गतेको निर्णयानुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरिद गर्ने गरेर रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेशनसँग सम्झौता गरेको थियो । जिटुजीमार्फत भ्याट बाहेक रु ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरिएको रेल एक पटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा ११० किलोमिटर यात्रा तय गर्नेछ ।

नेपाल सरकारले खरिद गरेको सो रेल भारतको कंकन कम्पनीले निर्माण गरेका दुई सेट रेलमा आठ वटा वोगी तथा दुई ईन्जिन रहेका छन् । यसमा एक सेट रेलमा एक वटा वातानुकूलित बोगी तथा तीन–तीनसामान्य बोगी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो