१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल क्रिकेटको पहिलो खेल: मुम्बईमाथि चेन्नईको जीत

४ आश्विन २०७७, आईतवार ०३:०१

असोज ४, काठमाडौँ | इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

युएईको आबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो, जवाफमा सीएसकेले १९.२ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पुरा गर्दै मुम्बईमाथि पराजित बिहे हाँशिल गरेको छ । 

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ तथा क्विन्टन डिककले ३३ रन बनाए । सीएसकेका लागि लुंगी एनगिडीले ३ विकेट लिए ।


१ सय ६३ रन लक्ष्य पछ्याउने क्रममा सीएसकेको शुरुवातमा राम्रो पर्दर्शन गर्न सकेन । शुरुवाती दुई ओभरमा नै टोलीले दुई विकेट गुमाएको थियो । त्यसपछि ७१ रन बनाएका अम्बाती रायडू र ५८ रन बनाएका फाफ डु प्लेसिसले खेललाई नियन्त्रणमा लिए । दुई जनाले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै जीतलाई सहज बनाए ।

योसँग महेन्द्रसिंह धोनीले कप्तानका रुपमा चेन्नाईलाई १ सयौँ खेल जिताउन सफल भएका छन् । कप्तानका रुपमा उनले सर्वाधिक १०५ खेल खेल जितेका छन् । ५ खेल उनले राइजिङ पुणे सुपरजायन्टसका लागि जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल