९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुपर आँखुखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

९ आश्विन २०७७, शुक्रबार १४:४८

असोज ९, काठमाडौं । गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लिको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले कम्पनीसँग ऋण लगानी सम्झौता भएको छ । 

प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी सञ्चय कोषले  ८५ करोड र कृषि विकास बैंकबाट ७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको हो  । कुल लागतको २५ प्रतिशत १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पुँजीमार्फत जुटाउनेछ ।


ऋण सम्झौतामा लिड बैंकका तर्फबाट प्रमुख बिजनेस अधिकृत रेणुप्रसाद पाण्डे, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम र कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रालिका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा २५.४ मेगाबाट क्षमताको आयोजनाको निर्माण कार्य अगाडि बढाइरहेको छ । कम्पनीले सो आयोजना डिसेम्बर २०२३ (पौष २०८०) भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । 

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत् खरिद बिक्री सम्झौता पीपीए गरिसकेको छ । हाइड्रोपावरमा जर्मनी र अमेरिकालगायत प्रवासमा रहेका नेपालीको समेत लगानी रहेको छ । मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनामा प्रवर्द्धक रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीको लगानीमा स्थापना गरिएको संस्था हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो