२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनरल इन्स्योरेन्सको आइपीओ आजदेखि, मेरो सेयर मार्फत भर्दा पिन नम्बर अनिवार्य

२०७७, ११ आश्विन आईतवार ०५:२१

असोज ११, काठमाडौं ।  जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ११ गते (आज) देखि आइपीओ निष्कासन गरेको छ। 

कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्। 

कम्पनीको आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आइपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन्। सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ। कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी एक अर्ब छ।

कम्पनीले ७० प्रतिशत संस्थापकतर्फबाट सेयर कायम गरी चुक्ता पुँजी ७० करोड कायम गरेको छ। सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ। आवेदकहरुले आस्वा सुविधा लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्म १०४.०२ रुपैयाँ छ। कम्पनीले आव २०७७/७८ सम्म प्रतिसेयर ११५.१९ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। उक्त अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा