१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने (सूचनासहित)

१४ आश्विन २०७७, बुधबार ०६:२२

असोज १४, काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ ।

यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत बिलम्ब शुल्क तिर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । यसअघि मंगलबार ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटर रिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ ।

 २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिङ एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको बेभसाइटमा हेर्नु हुन समेत अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स