Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुच्छ्रे बैंकको साधारणसभा कात्तिक ६ गते, दशैंअघि सेयरधनीले लाभांश पाउने

२०७७, १५ आश्विन बिहीबार ०८:०२

असोज १५, काठमाडौँ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्‍ने भएको छ ।

बैंकको साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ३.७३ प्रतिशत अर्थात् २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्नेछ ।

त्यस्तै  साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्‍विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिए सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको बैंकले जनाएको छ । 

बैंकले साधारणसभाका लागि बुक क्लोज मितिसमेत तय गरेको छ । जसअनुसार बैंकले असोज २२ गते सेयर दाखिला खारेजको दर्ता बन्द गर्ने भएको छ । बैंकले २२ गते बुक क्लोज मिति तोकेसँगै असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको  लाभांश पाउनेछन् । सोही मितिसम्म कायम सेयरधनीले सभामा पनि भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै