१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् व्यवस्थापन कोषमा महासङ्घको सहयोग

१६ आश्विन २०७७, शुक्रबार ०४:४२

असोज १६, काठमाडौँ । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको होे । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो ।

“विशेषगरी चितुवाको आक्रमणबाट मानिस घाइते हुने, घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु तथा बाँदरबाट अन्नबालीको क्षति हुनु द्वन्द्वको मुख्य कारण हो”, उहाँले भन्नुभयो । वन्यजन्तुले पुर्याएका क्षतिका कारण स्थानीय समुदायमा वन्यजन्तुप्रति नकारात्मक सोचको विकास भई बदलाको भाव पैदा भएको उहाँको भनाइ छ ।

वन्यजन्तुले पुर्याएको क्षति व्यवस्थापनका लागि भन्दै सो रकम हस्तान्तरण गरिएको हो । वन्यजन्तु व्यवस्थापनका लागि गाउँपालिकाले छुट्टै कार्यविधि बनाइएको र उक्त कार्यविधिको कार्यान्वयन शनिबारबाट हुने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा फेकोफन गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कास्की र तनहँुमा विगत पाँच वर्षदेखि फेकोफनको नेतृत्वमा यससम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान