Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड–१९ विरुद्धको लडाईंमा हिमालय एयरलाइन्सको सहयोग

२०७७, १८ आश्विन आईतवार ०६:३५

असोज १८, काठमाडौँ | उपत्यकामा कोरोना सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको फैलावट रोक्न विमान सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग गर्दै आएको छ ।  

एयरलाइन्सले महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुको सुस्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र- बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर- महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल- फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेको जनाएको छ । 

कार्यक्रममा हिमालय एअरलाइन्सको ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी छन् । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरिएको छ ।


एअरलाइन्सले कोभिड–१९ विरुद्धको लडाईंमा अत्यावश्यक पर्ने १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको छ । सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्फबाट उपरोक्त सामाग्रीहरु ग्रहण गरेका छन् । 

उक्त अवसरमा बोल्दै हिमालय एअरलाइन्स्की ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती दलीले कोभिड–१९ विरुद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पुर्याउनु, हिमालय एयरलाइन्स सदैव तत्पर रहने बताइन् । आजको यस्तो सहयोगले वास्तवमै हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वको सुदृढिकरण गर्दै महामारी विरुद्ध लड्न अहोरात्र खटिरहेका हस्पिटलहरुसँग हातेमालोका साथ कार्य गर्ने हाम्रो प्रतिबद्धताको ज्वलन्त उदाहरण भएको पनि श्रीमती दलीले बताइन् । यी चिकित्सा सामाग्रीहरुले हस्पिटलहरुका अग्रभागमा रही विरामी सेवामा लागिपर्ने स्वास्थ्यकार्यकर्तालाई ठूलो सहयोग पुग्ने आशा गर्दै आउँदा दिनहरुमा समाजको हितका लागि एकतावद्धरुपमा लागिपर्ने दृढता समेत उनले व्यक्त गरिन् । 


नेपाल सरकारको कोभिड–१९ कोषमा गत बैशाखमै रु. एक करोडको आर्थिक सहयोग गरेको हिमालय एयरलाइन्सले त्यसका अतिरिक्त दूर–दराजका स्थानहरु रहेका आम्दा हस्पिटल, दमक, रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्र, गुल्मी र फङ्लिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जस्ता दुर्गम क्षेत्रका संघ–संस्थाहरुलाई कोभिड–१९ विरुद्ध लड्न सहयोग पुर्याउने चिकित्सा सामाग्रीहरु उपलब्ध गराएको छ । 

हिमालयले हालसम्म कोभिड–१९ महामारी रोकथामका चिकित्सा सामाग्रीहरुका ढुवानीका लागि ३७ वटा कार्गो उडान भर्दै ३२८.८२ टन सामाग्रीहरु नेपाल भित्र्याउन समेत महत्वपूर्ण भूमिका निभाएको छ । साथै एअरलाइन्सले विभिन्न देशहरुमा अलपत्र परेर रहेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन जम्मा ११८ वटा उडान भर्दै १९,४४२ जना यात्रुहरुलाई कोभिड–१९ विरुद्धका हरसम्भव सुरक्षा मापदण्ड अपनाएर सुरक्षित रुपमा देश भित्र्याएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै