Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना छिट्टै हटाइने

२०७७, २५ आश्विन आईतवार १५:५८

असोज २५, काठमाडौँ | काठमाडौँ चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको छ । 

बैठकले एक महिनाभित्र बिजुलीका खम्बा स्थानान्तरण गर्ने, तीन महिनाभित्र ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्नेलगायत निर्णय गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकमा भएका प्रतिबद्धतानुसार एक महिनाभित्र सबै खम्बा स्थानान्तरण गरी तार हालिने निर्णय भएको छ । आगामी तीन महिना (पुस मसान्तभित्र)  कारखाना चोक र सानो भ¥याङस्थित ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गरिने भएको छ । काठमाडौँ महानगरपालिकासँगका समन्वयमा स्वयम्भूस्थित चैत्य आगामी कात्तिक मसान्तभित्र हटाइने तथा काठमाडौँ चक्रपथ सुधार योजनामार्फत नयाँ बसपार्कस्थित  आकाशे पुल भत्काउने निर्णय भएको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी नारायणगोपाल चोक र  महाराजगञ्जको सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन  गर्ने भएको छ । सडक सीमासम्बन्धी अन्योल हटाउन  राजपत्र र कानूनी दस्तावेजको अध्ययन र थप परामर्श गरी सकेसम्म चाँडो नीतिगत निर्णय गर्न सडक विभागबाट पहल गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्र्की, टेलिकमका महानिर्देशक अनन्तमान सिंह,  प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागी हुनुभएको थियो । 

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड(कलङ्कीदेखि चाबहिल) सडक विस्तार गर्ने सहमति भएको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण शुरु गर्ने बताएको छ । सोही सडक निर्माणका लागि गत वर्षदेखि नै निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । यस क्षेत्रमा रहेका रुख कटान, पूर्वाधार सार्ने काम भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै