२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीबाट राजिनामा दिए देश बर्वादतिर जान्छ : ओली

२०७७, १९ कार्तिक बुधबार ०९:१६

कार्तिक १९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजिनामा दिन नमिल्ने बताएका छन् | ओलीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको भन्दै आफूले अहिले राजिनामा दिए देश बर्वादतिर जाने बताएका हुन् |

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै ओलीले प्रधानमन्त्री राजीनामा दिन पस्यो, भन्ने हल्ला सञ्चारमाध्यमहरूमा हल्ला फैलाइएको बताएका छन् | अहिले आफूले राजीनामा दिन नमिल्ने बताउंदै ओलीले  भने, ‘तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ?’

जनाताको आवश्यकताले आफू प्रधानमन्त्री भएको उनले बताए | स्थिरताले विकास तथा परिवर्तन ल्याउने र स्थिरताका लागि आफूले काम गरिरहेको उनको दाबि छ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक ठाउँमा उभिएपछि ओली अहिले पार्टी भित्र अल्पमतमा छन् | 

ओलीले केहिदिन अघि मात्रै आ-आफ्नोबाट लाग्न प्रचण्डलाई प्रस्ताव समेत गरेको नेकपाका नेताहरुले बताएका थिए | प्रधानमन्त्री ओली विरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव आउने आशंका गरिएको बेला उनले उक्त अड्कलबाजीलाई 'हल्ला' का रुपमा टिप्पणी गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु