कार्तिक २०, काठमाडौँ | बिहिबार बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ |
भेटमा पार्टी भित्र देखिएको आन्तरिक विवादबारे छलफल भएको बताइएको छ | पछिल्लो समय पार्टीभित्र कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटले अध्यक्ष बिच आन्तरिक दुरी बढेको थियो |
केहि दिन अघि मात्रै ओलीले प्रचण्ड सँग सहमतिमै पार्टी विभाजन गरौं भनेपछि नेकपा भित्रको आन्तरिक विवाद सतहमा आएको हो |