कार्तिक २५, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्ष गर्ने भएको छ | अध्यक्ष त्रयको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचारको बिरोधमा जनसंघर्ष गर्ने भएको हो |
पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीबिच मंगलबार कमल थापाको बुढानिलकण्ठ पासिकोटस्थित निवासमा बसेको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै भ्रष्टाचार बिरुद्ध जनसंघर्ष गर्ने बिषयमा छलफल गरेका हुन् |
बैठकमा देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा,भावि कार्यक्रमवारे छलफल भएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए | उनका अनुसार स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने सहमति जुटेको हो |