२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकसेवाले माग्यो विभिन्न पदका लागि तीनसय कर्मचारी

२०७७, २६ कार्तिक बुधबार ०४:३४

कार्तिक २६, काठमाडौँ | लोक सेवा आयोगले निजामति सेवामा  प्राविधिकलगायत विभिन्न पदका लागी कर्मचारी मागेको छ | बुधबार सूचना प्रकाशित गर्दै आयोगले करिब तीन सय पदका लागि दरखास्त आह्वान गरेको हो |

राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ | दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने आयोगले बताएको छ |

निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन। परीक्षा मिति पछि तय गरिने आयोगले बताएको छ |

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सिफारिसका आधारमा आयोगले यी पदमा विज्ञापन खुलाएको हो | ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ