कार्तिक २८, काठमाडौँ | शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ | बैठकमा पार्टीभित्र उत्पन्न आन्तरिक समस्याको कार्यसूचि बनाएर छलफल गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |
नेकपाका बहुमत सचिवालय सदस्यले बैठकका लागि बुझाएको पत्र,त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो |
श्रेष्ठका अनुसार,यी सबै अध्ययन गरेर अर्को बैठक मंसिर ३ गते बस्ने छ | बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो | यस अघि बहुमत सचिवालय सदस्यहरुले नेकपा सचिवालय बैठक बोलाउँन प्रधानमन्त्री संग माग गर्दै आएका थिए |