१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासचिव बिष्णु पौडेल प्रचण्ड भेट्न खुमलटारमा

२ मंसिर २०७७, मंगलवार ०७:३९

मंसिर २, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिरहेका बेला महासचिव बिष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न खुमलटार पुगेका छन् | मंगलबार बिहान पौडेल  बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गर्न खुमलटार पुगेका हुन् |

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव बिष्णु पौडेललाई प्रचण्डसँग छलफलका लागि खुमलटार पठाएपनि दुई जनाबीच के कुराकानी भयो भन्ने खुलेको छैन | बुधबार बस्ने भनिएको सचिवालय बैठकमा ओली सहभागी नहुने पक्षमा छन |

यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए | ओलीले प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् | सोही अनुसार ओलीले आइतबार र सोमबार  बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए |

प्रचण्डको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने ओलीको दाबी छ | तर,प्रचण्डले पेश गरेको प्रश्तावमा ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको बताएका छन् | ओली आफ्नो कार्यशैलीलाई सच्याउनु पर्ने नेताहरुले सुझाव दिईसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस