९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन

८ मंसिर २०७७, सोमबार ०५:३८

मंसिर ८, बाग्लुङ | सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे । बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लागे अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँडेका उनी नत अमेरिका पुगे नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सकियो तर अमेरिका पुगेनन् |

एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दै छन् । बागलुङ नगरपालिका–३ हाडेपाखामा उनका बाबु शिवप्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होइन घरमा दूधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैँसीको सङ्ख्या गणेशले बढाएका छन् ।

अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोज्न थाल्नुभएका गणेशको कामका लागि परिवारको राम्रो साथ छ । हाडेपाखामा सात वटा भैँसी र तीन वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उनी आफैँ, आमा गीता र श्रीमती उषा उत्तिकै खटिन्छन् । विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उहाँलाई फार्मका लागि लगाउनुपरेको छैन । रु १५ लाख  लगानीमा शुरु भएको उनको फार्मले अहिले दिनमा रु छदेखि सात हजार कमाउँछ । “लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्छन्, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।” 

आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उनले बल्ल बुझेको बताए । “बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भन्नुभयो, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”

उनको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन । “साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन्”, उनले भने, “शुद्ध दूध खोज्ने धेरै छन् ।” मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना रु ६० बिक्री हुने गरेको छ । गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना सुनाउनुभयो । “पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रु २० लाख थप लगानी गर्ने हो”, उनले भने, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।” 

हाडेपाखामा वार्षिक रु ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उनको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ । “दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उनले भने । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौँ खर्चेर परालको जोहो गर्ने गरेको उनले सुनाए ।

“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उनले भने, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लागेको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना रहेको उनले सुनाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै