२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप विजेता पाओलो रोसीको निधन

२०७७, २५ मंसिर बिहीबार १५:४७

मङ्सिर २५, रोम (रासस/एपी) । विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । 

उहाँकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गर्नुभएको छ । 

उहाँले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाउनुभएको थियो । त्यसपछि उहाँ आफ्नै देशमा फुटवलको कमेन्टेटरका रुपमा क्रियाशिल हुनुभएको थियो ।

इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गर्नुभएका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।  

उहाँको निधनपछि उहाँकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश हुनुहुन्थ्यो, फरक हुनुहुन्थ्यो, तर अव तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।”  

रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गर्नुभएको थियो । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताउनु भएको थियो भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाउनुभएको थियो । 

सन् १९८२ मा नै उहाँ फिफा बर्ष खेलाडीका रुपमा पनि निर्वाचित हुनुभई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्नु सफल हुनभएको थियो । 

उहाँको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उहाँको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा