2026-06-18 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदनाथ ढकालको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति चयन

मङ्सिर २७, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाले द राइजिङ नेपालका मोदनाथ ढकालको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा  रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्की, महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य चयन भएका छन् ।


त्यस्तै नाफिजका सह–सचिवमा बिजपाटीका महमद अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष चयन भएका छन् । नयाँ कार्यसमिति सदस्यहरुमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट रहेका छन् ।

यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बनेका छन् ।शनिबार सम्पन्न नाफिजको पाँचौं महासभाले दुई अग्रज आर्थिक पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा इकाज डटकमका सम्पादक विकास थापा र लोकपथ डटकमका सम्पादक लभेष प्याकुरेल रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु