२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु

२७ मंसिर २०७७, शनिबार १०:३७

मङ्सिर २७, कर्णाली | कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । 

आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताउनुभयो । “प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उहाँले भन्नुभयो, “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब अध्ययनपछि लाग्नेछ ।” आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिले पाएको छ । कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजनामा करीब रु ७० करोड खर्च हुने अनुमान गरिएको छ । 

आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ । ‘कम भोल्टेज’कै कारण कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन । लामो समयदेखि प्रसारण लाइन निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ