2026-06-18 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सबै नेपालीलाई कोरोना खोप’

मंसिर २८, काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पु¥याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिए । 

१४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पु¥याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ”, उनले थपे, “गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंँ ।”

कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित भएको तर सुधारका सङ्केत देखिन थालिसकेको उनको भनाइ छ ।

महामारी र बन्दाबन्दी प्रभावित उद्यम व्यवसाय पुनरुत्थान र नयाँ सिर्जना गर्न सरकारले विभिन्न राहत तथा सहुलियतका कार्यक्रम ल्याएको भन्दै उनले त्यसको सदुपयोग गर्न र लाभ लिन निजी क्षेत्रलाई आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु