२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटलमा ढुक्ककासाथ लगानी गर्नुस : परराष्ट्रमन्त्री ज्ञवाली

२०७७, २४ पुष शुक्रबार १५:३६

 पुस २४, काठमाडौँ (रासस) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताउनुभएको छ । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को आज उद्घटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभयो । अहिलेको राजनीतिक अस्थिरताबाट अत्तालिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले छिट्टै मुलुकमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा)को व्यवस्था गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।

प्रसिद्ध रमादा ब्राण्ड नेपालमा

हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्र्याइएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामको यो होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नता छ ।

विश्वमा नै करिब नौ हजार (सम्बद्ध समेत)को संख्यामा होटल आवद्ध रहेको रमादा ब्राण्डलाई नेपालमा भित्र्याइएको हो । ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ ।

पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ ।  रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।

होटलमा सहयोगी बैंकका रुपमा नेबिल बैंक लिमिटेडले फाइन्नान्स गरेको छ । शेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २०० करोड लगानी भइसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा कूल लगानी करिब ३५० करोड पुग्ने अनुमान गरिएको छ ।

यस कम्पनीमा ३६ जनाको शेयर लगानी छ । जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लि. हङहकङ रहेको छ । रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने