साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सह"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

शाहीले गरे जन्मदिनमा उदाहरणीय काम

२० श्रावण २०७३, बिहीबार ०५:४६

साउन २०, दाङ । विद्यार्थी राजनीतिमा सक्रिय दाङका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर साहाराविहिन वृद्धवृद्धालाई खाद्यान्न सहयोग गर्नुभएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो संयोजक देउखुरी लालमटिया ८ मसुरिया निवासी प्रकाश शाहीले आज जन्मदिनको अवसर पारेर रामपुर ३ बालीमखोलाका नमवहादुर बिक र आइती बिकलाई खाद्यान्न प्रदान गर्नुभएको हो । 

साहाराविहिन ति दम्पतीलाइ हेरचाह गर्ने व्यक्ति नहुँदा दुखको जीवन वाँच्दै आएको भन्दै उहँले खाद्यान्न सहयोग गरेको वताउनुभयो । ८३ वर्षका नमराज र ८० वर्षकी आइति विकको दैनिकी एउटा झुप्रोमा विरिहेको छ । उहाँहरुको समस्यालाइ मध्यनजर गर्दै र जन्मदिन खर्चिलो, भडिकलो नभइ दुखमा परेकाहरुलाइ सहयोग गरेर मनाउनुपर्छ भन्ने हेतुले त्यहाँ पुगेर खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । 

यसैविच, राज्यले नमराज र आइति जस्ता जेष्ठ र साराहाविहिन वृद्धवृद्धाहरुको रेखदेख गर्न नसकेको भन्दै ध्यानाकर्षण भएको वताउनुभएको छ । साथै उनीहरु वस्दै आएको सानो झुप्रो वर्षाका कारण जोखिममा रहेकाले मर्मतसम्भार गर्ने योजना रहेको शाहीले वताउनुभयो । 

अवको केहि दिनमै ती दम्पत्तीको झुप्रो मर्मतका लागी पहल गरिने उहाँको भनाइ छ । हरेक व्यक्तिले जन्मदिन देखाउन नभएर कसरी समाजमा सहयोगको भावना विकास गरेर मनाउने भन्ने कुराको बोध हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य