२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव

२०७७, २७ पुष सोमबार ०२:४३

पुस २७, काठमाडौं । कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल गर्न पाइँदैन।

बोर्डले अनुमति दिएपछि त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र परीक्षण गरिने परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए।

बोर्डका एक सदस्यका अनुसार क्लिनिकल ट्रायलका लागि पेस भएका दुई–तीनवटा प्रस्तावमाथि अध्ययन भइरहेको छ। जसमध्ये इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले प्राविधिक सहजीकरण गरिरहेको भ्याक्सिन मात्र क्लिनिकल ट्रायलका लागि उपयुक्त देखिएको छ। ‘आईभीआईको मात्र होइन अन्य प्रस्ताव पनि आएका छन्। अध्ययन प्रक्रियामै छन्’, स्रोतले भन्यो।

बोर्डले पहिलो पटक आईभीआईको प्राविधिक सहजकर्ता भएको भ्याक्सिन क्लिनिकल ट्रायलका लागि उपयुक्त भएको जनाएको छ। बोर्डले उपयुक्त भएको जनाएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने योजना रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिएपछि मात्र क्लिनिकल परीक्षण गर्न दिइनेछ। यो भ्याक्सिनलाई दुईवटा अस्पतालमा परीक्षण गर्न आवश्यक  तयारी गरिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि आवश्यक पूर्वाधार तयारी भइरहेको छ।

१२ सयभन्दा बढी व्यक्तिलाई क्लिनिकल परीक्षणमा सहभागी गराइने एनएचआरसी)का कार्यकारी प्रमुख डा. ज्ञवालीले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने